Posts

Showing posts from August 24, 2018

Proverbs 1 (हितोपदेश)

Image
१ दाऊदका छोरा इस्राएलका राजा सोलोमनका हितोपदेश: २ जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्त गर्नेछन्, अन्तर्दृष्टिका कुराहरू बुझ्नेछन्, ३ एक अनुशासित र विवेकी जीवन जिउनेछन्, ४ सोझाहरू विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्। ५ बुद्धिमान््ले सुनून् र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्, ६ जसद्वारा हितोपदेश र दृष्टान्तहरू, बुद्धिमान््को आहान र रहस्यका कुराहरू तिनीहरूले बुझून्। ७ परमप्रभुको भय नै ज्ञानको शुरू हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।   बहकाउको विरुद्ध चेताउनी ८ हे मेरो छोरो, आफ्नो बाबुको आदेश सुन् र आफ्नी आमाको शिक्षा नत्याग्। ९ ती तेरो शिरमा शोभाको मुकुट, र तेरो गलामा सम्मानको हार हुनेछ। १० हे मेरो छोरो, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्। ११ तिनीहरू भन्लान्, "आऊ हामीसँग, कसैको रक्तपात गर्न ढुकिबसौं, १२ चिहानले निलेझैँ, र गहिरो भङ्खालोमा परी त्यसको पीँधमा पुग्नेहरूलाई झैँ, हामी तिनीहरूलाई पुरै जिउँदै निलौं। १३  हामी सबै किसिमका बहुमूल्य थोकहरू लिनेछौं, र लूटका मालसामानले