Posts

Showing posts with the label proverbs

Proverbs 2 (हितोपदेश‬)

Image
हे मेरो छोरा, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस्, र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस्‌ भने,  बुद्धिका कुराहरू ध्यान दिइस्‌ र तेरो हृदयलाई समझशक्तितिर लगाइस्‌ भने,  अन्‍तर्दृष्‍टिको लागि पुकारा गरिस्, र समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस्‌ भने,  यदि तैंले चाँदीझैँ त्‍यसलाई खोजिस्, र गाड़धनझैँ त्‍यो खनिस्‌ भने,  तैंले परमप्रभुको भय बुझ्‍नेछस्, र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछस्‌।  किनभने परमप्रभुले बुद्धि दिनुहुन्‍छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्‍कन्‍छन्‌।  उहाँले ईमानदारको लागि आफ्‍नो भण्‍डारमा विजय साँचेर राख्‍नुभएको छ, जसको चाल निर्दोष छ तिनीहरूका लागि उहाँ ढाल हुनुहुन्‍छ,  किनभने उहाँले न्‍यायको मार्ग रक्षा गर्नुहुन्‍छ, र आफ्‍ना विश्‍वासयोग्‍य भक्तजनहरूको बाटो सुरक्षित राख्‍नुहुन्‍छ।  तब धार्मिकता न्‍यायसङ्गत र उचित के हो— साथै हरेक असल मार्ग के हो तैंले बुझ्‍नेछस्‌।  किनभने बुद्धिले तेरो हृदयमा प्रवेश गर्नेछ, र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्‍ददायक हुनेछ।  विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्ति...

Proverbs 1 (हितोपदेश)

Image
१ दाऊदका छोरा इस्राएलका राजा सोलोमनका हितोपदेश: २ जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्त गर्नेछन्, अन्तर्दृष्टिका कुराहरू बुझ्नेछन्, ३ एक अनुशासित र विवेकी जीवन जिउनेछन्, ४ सोझाहरू विवेकशील बन्नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्त गर्नेछन्। ५ बुद्धिमान््ले सुनून् र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्, ६ जसद्वारा हितोपदेश र दृष्टान्तहरू, बुद्धिमान््को आहान र रहस्यका कुराहरू तिनीहरूले बुझून्। ७ परमप्रभुको भय नै ज्ञानको शुरू हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।   बहकाउको विरुद्ध चेताउनी ८ हे मेरो छोरो, आफ्नो बाबुको आदेश सुन् र आफ्नी आमाको शिक्षा नत्याग्। ९ ती तेरो शिरमा शोभाको मुकुट, र तेरो गलामा सम्मानको हार हुनेछ। १० हे मेरो छोरो, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्। ११ तिनीहरू भन्लान्, "आऊ हामीसँग, कसैको रक्तपात गर्न ढुकिबसौं, १२ चिहानले निलेझैँ, र गहिरो भङ्खालोमा परी त्यसको पीँधमा पुग्नेहरूलाई झैँ, हामी तिनीहरूलाई पुरै जिउँदै निलौं। १३  हामी सबै किसिमका बहुमूल्य थोकहरू लिनेछौं, र लूटका मालसामा...